Logo

प्रमुख समाचार

युवामा लोकतान्त्रिक चेत भर्न जेसीजको योगदान महत्त्वपूर्ण : प्रदीप पौडेल



काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले नेपाली युवाहरुमा लोकतान्त्रिक चेत भर्न जेसीजको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।

काठमाडौं जेसीजको पदस्थापन कार्यक्रममा बोल्दै पौडेलले युवाहरुलाई विधिको शासन र लोकतन्त्रप्रति प्रतिवद्ध बनाउ जेसीजले सबैभन्दा बढी योगदान गरेको बताए ।

विधिको शासनप्रतिको जेसीजको प्रतिवद्धता नेपालका राजनीतिक दलहरुका लागि समेत अनुकरणीय रहेको पौडेलले बताए । उनले जेसीजको संगठन र क्रियाशीलतालाई विस्तार गर्न जरुरी रहेकोमा जोड समेत दिए ।

प्रकाशित मिति : २४ पुष २०७९, आईतवार ०६:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।