Logo

प्रमुख समाचार

संसदमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति लामिछानेले सम्बोधन गर्ने



प्रतिनिधिसभाको आज सोमबार बस्ने बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले सभापति एवं संसदीय दलका नेता लामिछानेलाई सम्बोधन गर्ने जिम्मेवारी दिएको हो ।

दलको बैठकमा सांसदहरुले उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेलाई सल्लाह समेत दिएका थिए । बैठकले सभामुख र उपसभामुखको अनुपस्थितिमा सदन चलाउन बनाइने अध्यक्ष मण्डलमा डा. चन्दा कार्कीको नाम सिफारिस गरिएको सांसद सन्तोष परियारले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २५ पुष २०७९, सोमबार १३:४१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।