Logo

प्रमुख समाचार

सेटिङ भत्काउन अघि बढ्नुहोस् : माधवकुमार नेपाल



नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नयाँ संसदले समाज, देश र राजनीतिमा व्याप्त भ्रष्टाचार, ढिलासुस्ती सेटिङ जस्ता समस्या समाधान गर्नु पर्ने बताएका छन् ।

सोमबार नयाँ संसदको पहिलो महाधिवेसनमा बोल्दै नेकपा एसका अध्यक्ष नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई समेत दिएका छन् ।

उनले देश विकासका लागि हरेक क्षेत्र र हरेक वर्गका मानिसका समस्याहरु समाधान गर्नु पर्ने बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले अघि भनेका छन्, ुसंघीयतालाई अझै समृद्ध बनाउनुपर्नेछ। समाजवादको मूल्य र मान्यतालाई आत्मसाथ गरेर न्याय समानताको बाटोमा अघि बढ्नुपर्छ । सबैभन्दा ठूलो समस्या भ्रष्टाचार, अनियमितता, चरम ढिलासुस्ती, दण्डहीनता व्यापक रुपमा फैलिएको छ, तपाईंहरुले यी कुरामा प्रतिवद्धता पालना गर्नुपर्छ।ु

उनले अघि भनेका छन्,ु बोली एउटा गर्ने काम र व्यवहार अर्कै गर्ने स्थिति नहोस् । आजको नेपाली राजनीति शासन प्रणाली सुशासनको प्रत्याभूति गर्नेगरी काम होस्। बिचौलिया र सेटिङ भत्काउन अघि बढ्नुहोस्।ु

प्रकाशित मिति : २५ पुष २०७९, सोमबार १९:३४   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।