Logo

प्रमुख समाचार

देशको भौगोलिक अखण्डताका लागि सङ्घीयता अपरिहार्य : सिके राउत



जनमत पार्टी अध्यक्ष तथा दलका नेता चन्द्रकान्त राउत (सिके राउत)ले देशको भौगोलिक अखण्डताका लागि सङ्घीयता अपरिहार्य रहेको बताएका छन् ।

प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उनले देश जातीय तथा धार्मिक विधातायुक्त रहेकाले भौगोलिक अखण्डताका लागि सङ्घीयता अपरिहार्य रहेको बताएका हुन् । यसका लागि आफू नै उदाहरण रहेको उनको भनाइ छ ।

लोकतान्त्रिक व्यवस्थाको रक्षा र संवर्द्धन गर्नुपर्नेमा जोड दिँदै उनले जनताको यावत् समस्या समाधान गरेर अघि बढ्नुपर्ने बताए ।

प्रकाशित मिति : २५ पुष २०७९, सोमबार २०:४०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।