Logo

प्रमुख समाचार

ओलीजीले संसद विघटन सही भन्दा प्रचण्डजी टेबल ठोक्न अलमलिनु भयो, विग्रहको बिजारोपण देखेँ : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच विग्रह सुरू भएको दाबी गरेका छन् ।

प्रतिनिधिसभामा एमाले अध्यक्ष ओलीले संसद विघटन सही भनेर दाबी गर्दै गर्दा प्रधानमन्त्री प्रचण्ड अल्मलिएका देखेर दुई नेताबीच विग्रहको बिजारोपण भएको उनको जिकिर छ ।

बैठकपछि सञ्चारकर्मीसँग उनले भने, सत्ताको गठबन्धन बनाएका माओवादी र एमालेका दुवै अध्यक्षले बोल्नुभयो । मैले संसदभित्र ध्यान दिएर हेरिरहेको थिए । एकअर्कालाई समर्थन गरेर बोल्नु स्वाभाविक नै थियो । तर, पूर्वप्रधानमन्त्री ओलीले हालको प्रधानमन्त्रीलाई अफ्ठ्यारोमा पार्नुभएको याद गरेँ । संसद विघटन सोह्रै आना सही थियो ।

जनताको पक्षमा थियो । प्रतिगामी भन्नेहरू नै प्रतिगामी हुन् भनिरहँदा हालका प्रधानमन्त्री प्रचण्ड टेबल ठोकौँ कि नठोकौँ भनेर अलमलमा पर्नुभयो त्यो सामान्य अलमल देखिए पनि मैले मानेको छैन ।

उनले सरकारको स्थिरता नै अहिलेको चुनौती भएको बताए । प्रतिनिधिसभा विघटन गरेकै कारणले अगल भएका नेताहरू अहिले एकपटक समीक्षा नगरी एकजुट भएकाले लामो समय टिक्नेमा गगनको आशंका थियो ।

‘संसद विघटनको विषयमा एकपटक पनि छलफल नभई एक ठाउँमा जोडिनुभएको छ । यसअघिको संसदको विग्रहको कारणले अहिलेको संसदमा फेरि बिजारोपण भयो । यो नै उहाँबीच विग्रहको कारक बन्छ’ उनले भने ।

उनले कांग्रेस प्रतिपक्षमा भएर आफ्नो ठाउँमा बस्ने बताए ।

प्रकाशित मिति : २६ पुष २०७९, मंगलवार ०८:०१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।