Logo

मधेश प्रदेश

मधेशको नयाँ मुख्यमन्त्रीमा जसपाका सरोज यादवद्वारा दाबी पेश



जनकपुरधाम । मधेश प्रदेशको नयाँ मुख्यमन्त्रीका लागि जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता सरोज यादवले दाबी पेश गरेका छन् । केन्द्रमा रहेको सत्ता समीकरण अनुसार यादवले ६३ सांसदको समर्थनसहित प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् । संविधानको धारा १६८ को उपधार (२) बमोजिम उनले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

१०७ जना प्रदेशसभा सदस्य रहेको मधेश प्रदेशमा बहुमतका लागि ५४ जना प्रदेश सभा सदस्यको आवश्यक पर्छ । निवर्तमान सभामुखसमेत रहेका यादवलाई आफ्नो दल जसपाको १६, नेकपा एमालेका २३, जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका ९, राप्रपाका र नेपाल संघीय समाजवादी पार्टीका एक÷एक तथा स्वतन्त्र प्रदेश सभा सदस्यहरूसहित ६३ प्रदेश सांसदको समर्थन छ ।

मधेश प्रदेशमा प्रदेश प्रमुख हरिशंकर मिश्रले पुस २८ गते अपराह्न चार बजेसम्मको लागि मुख्यमन्त्रीमा दाबी पेश गर्ने समय तोकेका थिए । समयसीमा सकिनु एक दिन अगावै मुख्यमन्त्रीका लागि दाबी पेश भएको हो ।

प्रकाशित मिति : २७ पुष २०७९, बुधबार १३:०५   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।