सुर्खेत । कर्णाली प्रदेशमा सभामुखका लागि आज निर्वाचन हुँदैछ । सभामुख चयनका लागि मतदान बिहान ११ बजेपछि सुरु गर्ने तयारी गरिएको छ ।
सभामुखका लागि सत्ता गठबन्धनबाट नेकपा एमालेकी नन्दा गुरुङले मनोनयन दर्ता गराएकी छन् भने कांग्रेसबाट खड्क पोख्रेल उम्मेदवार छन् ।
सभामुखका दुवै जना उम्मेदवार सुर्खेतकै हुन् । गुरुङ एमालेकी समानुपातिक सांसद हुन् भने कांग्रेस सुर्खेत जिल्ला सभापतिसमेत रहेका पोख्रेल प्रतिनिधि सभा १ (१) बाट प्रत्यक्ष निर्वाचित भएका हुन् ।




















प्रतिक्रिया