Logo

कर्णाली प्रदेश

कर्णालीमा सभामुख चयन आज



सुर्खेत । कर्णाली प्रदेशमा सभामुखका लागि आज निर्वाचन हुँदैछ । सभामुख चयनका लागि मतदान बिहान ११ बजेपछि सुरु गर्ने तयारी गरिएको छ ।

सभामुखका लागि सत्ता गठबन्धनबाट नेकपा एमालेकी नन्दा गुरुङले मनोनयन दर्ता गराएकी छन् भने कांग्रेसबाट खड्क पोख्रेल उम्मेदवार छन् ।

सभामुखका दुवै जना उम्मेदवार सुर्खेतकै हुन् । गुरुङ एमालेकी समानुपातिक सांसद हुन् भने कांग्रेस सुर्खेत जिल्ला सभापतिसमेत रहेका पोख्रेल प्रतिनिधि सभा १ (१) बाट प्रत्यक्ष निर्वाचित भएका हुन् ।

प्रकाशित मिति : १ माघ २०७९, आईतवार १०:५२   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।