नेपाली बजारमा (सोमबार) पनि सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको हो । योसँगै छापावाला सुन प्रतितोला १ लाख ५ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ४ हजार ७०० रुपैयाँ कायम भएको छ।
हिजो पनि सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँले बढेको थियो। यो दिन छापावाला सुन प्रतितोला १ लाख ५ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर १ हजार ४०० रुपैयाँ कायम भएको छ। हिजो तोलामा २५ रुपैयाँले बढेर चाँदी १ हजार ३९० रुपैयाँमा किनबेच भएको थियो।
प्रतिक्रिया