नेपाली कांग्रेसका युवा नेता कुन्दनराज काफ्ले वाग्मती प्रदेशसभाको मुख्य सचेतकमा चयन भएका छन् ।
नेपाली कांग्रेसको सोमबार बसेको संसदीय दलको वैठकले उनलाई मुख्य सचेतकको भूमिका प्रदान गरेको हो । काफ्ले प्रदेशसभामा दोलाखा १ (१) बाट निर्वाचित सांसद हुन् ।
उनले नेकपा एमालेका उम्मेदवार नरबहादुर श्रेष्ठलाई पराजित गरेका हुन् । काफ्लेले २२ हजार ७ सय ९७ मत ल्याउँदा श्रेष्ठले १४ हजार ७ सय ५५ मत ल्याएका थिए । काफ्लेले ८ हजार ४२ मतान्तरले विजयी भएका हुन् ।
काफ्ले नेविसंघका पूर्वमहामन्त्री हुन् । उनी कांग्रेसको १४औं महाधिवेशनबाट केन्द्रीय सदस्यसमेत भएका थिए । दोलखामा २०५२ मा भीमबहादुर तामाङले जितेपछि कांग्रेसका कुनै उम्मेदवारले पनि जितेका थिएनन् ।
बैठकले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका व्यक्तिको परिवारप्रति समवेदना व्यक्त गर्दै शोक प्रस्तावसमेत पारित गरेको छ ।




















प्रतिक्रिया