Logo

प्रमुख समाचार

राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा स्वाथ्य मन्त्रालय पनि, मन्त्रीमा डा. तोसिमाको चर्चा



प्रधानमन्त्री पुष्पकमल दाहालले आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् । यसको लागि आज उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग ५ घण्टा लामो छलफल गरेका छन् । प्रधानमन्त्री प्रचण्ड बालकोटबाट बाहिरिएका थिए ।

आज साँझदेखि सत्ता गठबन्धनको बैठक चलिरहेको छ । ओलीसँगको भेटमा प्रधानमन्त्री दाहालले मन्त्रालय भागबण्डाबारे करिब करिब सहमति जुटाएका छन् । प्रधानमन्त्रीनिकट उच्च स्रोतका अनुसार अहिले सर्वाधिक चासोका साथ हेरिएको स्वास्थ्य मन्त्रालय भने रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा परेको छ । रास्वपाले यसअघि नै शिक्षा र स्वास्थ्य मन्त्रालय मागेको थियो ।

तर, प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीचको सहमतिबमोजिम रास्वपालाई स्वास्थ्य मन्त्रालय दिईएको हो । रास्वपाबाट स्वास्थयमन्त्रीको लागि दुई जनाको नाम चर्चामा छ ।

ललितपुर–३ बाट जितेकी डा. तोसिमा कार्की र समानुपातिक सांसद डा. चन्दा कार्कीले स्वास्थ्य मन्त्रालयमा आफ्नो दाबी पेश गरेका छन् । सभापति रवि लामिछाने उपप्रधान एवम् गृहमन्त्री छन् । उनले पार्टीभित्र छलफल गरेर नै सहमतिको आधारमा मन्त्री बनाउने बताईसकेका छन् । रास्वपाको मन्त्री छान्ने सबै अधिकार सभापतिलाई दिइएको छ ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार २२:०९   :  बजे

129
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।