Logo

प्रमुख समाचार

राप्रपा र रास्वपाले उपप्रधानमन्त्रीसहित पाए यी मन्त्रालय



सत्ता गठबन्धनको चौथो ठूलो दल राप्रपाले उपप्रधानमन्त्रीसहित तीन मन्त्रालय पाएको छ । राप्रपाले उर्जा, सहरी विकास र युवा तथा खेलकुद मन्त्री पाउने समझदारी भएको उच्च स्रोतले जनाएको छ ।

राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङदेन उपप्रधानमन्त्री र उर्जासहित सरकारमा सहभागी हुने भएका छन् । बाँकी दुई मन्त्रीको टुंगो पार्टीले मंगलबार लगाउने भएको छ ।

त्यस्तै, रास्वपाले पनि उपप्रधानमन्त्रीसहित ३ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । सो पार्टीबाट उप सहित गृहमन्त्री रवि लामिछाने सरकारमा गइसकेका छन् । अब सो पार्टीले शिक्षा र श्रम मन्त्रालय पाउने भएको छ ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार २२:५३   :  बजे

729
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।