सत्तारुढ दलहरुकाबीचमा पावर सेयरिङमा सहमती भएपछि आज प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले मन्त्रीपरिषद विस्तार गर्दैछन् । नयाँ मन्त्रीहरुको सपथ ग्रहण १ बजे राष्ट्रपति निवास शितल निवासमा हुँदैछ । त्यय लगत्तै सरकारलाई विश्वासको मत दिने दलहरुको बैठक बस्दै छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीसँगकै सल्लाहमा प्रचण्डले विश्वासको मत दिने दलहरूको बैठक बोलाउने बताएका थिए । सोही अनुसार आज शपथ ग्रहणपछि बैठक बस्ने गृहमन्त्री समेत रहेका रास्वपा सभापति रवि लामिछानेले बताएका छन् ।
सोमबार अबेरसम्म सत्ता गठबन्धनको बैठकमा सामेल भएर निस्किएका लामिछानेले मंगलबार दिउँसो १ बजे नयाँ मन्त्रीहरूको शपथग्रहण छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार अपरान्ह ४ बजे विश्वासको मत दिने दलहरुसँग प्रधानमन्त्री प्रचण्डले छलफल गर्ने कार्यक्रम रहेको छ ।
नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी अहिले मन्त्रालय भागबन्डामाा सहभागी नभएको पनि लामिछानेले बताएका छन् । जसपाले पनि सहमती नभएको दाबी गरेको छ । चित्तबुझ्दो तरिकाले भागवण्डा नगरिए सरकारमा सहभागी नहुने चेतावनी उपेन्द्र यादवले दिएका छन् ।
प्रधानमन्त्री प्रचण्डलाई २६ पुसमा संसदको सबैभन्दा ठूलो दल कांग्रेस, एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत, लोसपा, नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिएका थिए ।
प्रतिनिधिसभामा ५ माघमा सभामुखको निर्वाचन हुँदैछ। २८ माघसम्म राष्ट्रपतिको पनि निर्वाचन गरिसक्नुपर्छ । विश्वासको मत दिने सबै पार्टी र नेताहरूको बैठकबाट सभामुख र राष्ट्रपति निर्वाचनबारे सबै थाहा हुने सोमबार एमाले अध्यक्ष ओलीसँगको भेटपछि प्रधानमन्त्री प्रचण्डले भनेका थिए ।
त्यसपछि बालुवाटारमा बसेको सत्ता गठबन्धनका दलहरुको बैठकले सत्ता भागबन्डा टुंग्याएको छ । नेपाली काग्रेसले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिए पछि एमाले र माओवादी केन्द्रका विचमा संशय उत्पन्न भएको छ । शंका निवारणका लागी प्रधानमन्त्री प्रचण्ड लगातार एमाले अध्यक्ष ओली निवास धाइरहेका छन् ।




















प्रतिक्रिया