काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्यमा प्रतितोला रु छ सयले घटेको छ । हिजो प्रतितोला रु एक लाख पाँच हजार एक सयमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख चार हजार पाँच सय तोकिएको छ ।
आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख चार हजार रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख चार हजार छ सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले घटेर रु एक हजार तीन सय ७५ तोकिएको महासङ्घले जनाएको छ ।




















प्रतिक्रिया