Logo

अर्थ

नेप्से परिसूचक ९.०१ अंकले घट्यो




काठमाडौं । बुधबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । सेयर बजार मापक नेप्से परिसूचक ९.०१ अंकले घटेर २१७३.१० बिन्दुमा पुगेको हो । सेयर बजार २२७७ बिन्दुमा पुगेर घटेको हो ।

त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १.९३ अंकले घटेर ४१३.९० बिन्दुमा पुगेको छ । कारोबार अवधिभर २४८ कम्पनीको १३ करोड ३० लाख ४ हजार १४० कित्ता सेयर किनबेच भएको छ । यसदिन ४ अर्ब ९२ करोडमाथिको कारोबार भएको छ ।

यसदिन ८० कम्पनीको सेयर मूल्य बढेको छ, भने १२१ कम्पनीको सेयर मूल्य घटेको छ । बाकि ६ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार १६:१९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।