Logo

कर्पोरेट फोकस

‘कर्मचारीलाई तालिम दिएर राजस्व बढाउने सोच पुरानो भइसक्यो’



अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले विदेशमा चाउचाउ र अगरबत्ती मात्रै निर्यात गरेर देशको निर्यातमा सुधार नहुने बताएका छन् ।

बुधवार नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको ‘अर्थतन्त्र अबको बाटो’ विषयक कार्यक्रममा बोल्दै अर्थविद् वाग्लेले नेपालको निर्यात चिन्ताजनक अवस्थामा रहेको भन्दै विदेशमा चाउचाउ, सोयाबिन तेल र अगरबत्ती मात्रै निर्यात गरेर निर्यातमा सुधार गर्न नसकिने बताएका हुन् । उनले निर्यातमा नेपालको अवस्था निकै चिन्ताजनक भए पनि सम्भावना धेरै रहेको बताए ।

निर्यातमा नेपालको अवस्था निकै चिन्ताजनक भए पनि सम्भावना धेरै रहेको बताए । नेपाल रेमिट्यान्समा धेरै निर्भर भएको र यसलाई तत्काल हटाउन नसके पनि दीर्घकालीन योजना बनाउनुपर्ने उनको सुझाव छ ।

अर्थविद् वाग्लेले सरकारले अनुदान सोचेजति उठाउन नसकेको बताए । ५५ अर्ब अपेक्षा गर्दा पाँच अर्ब मात्रै राजस्व उठ्नु चिन्ताको विषय भएको उनको भनाइ छ । उनले नेपालमा चार लाख ८० हजार कर्मचारी रहेको र नेपालीले उठाएको कर कर्मचारीलाई तलब भत्ता दिँदैमा सकिने अवस्था रहेको गुनासो गरे ।

उनले बहालवाला कर्मचारीलाई तालिम दिएर राजस्व सङ्कलन नबढ्ने भन्दै कर्मचारीलाई तालिम भन्दा पनि चार्टर एकाउन्टेन्ट (सिए) ‘हायर’ गरेर काम गर्ने हो भने राजस्व बढाउन सकिने बताए । कर्मचारीलाई तालिम दिएर राजस्व बढाउने सोच पुरानो भएको उनको टिप्पणी छ ।

उहाँले एसीहरूलाई कहाँ-कहाँ राजस्व चुहावट भएको छ थाहा हुने भन्दै यसले राजस्व बढाउन सहयोग पुग्ने बताए । एसीहरूलाई ‘हायर’ गरेर उनीहरूको क्षमता सदुपयोग गर्न सरकारसँग उनको आग्रह छ ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार १०:२७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।