Logo

कर्णाली प्रदेश

कर्णालीका मुख्यमन्त्री शर्मा विश्वासको मत लिँदै




काठमाडौं । कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिने भएको छन् । प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको छैटौं बैठकबाट उनले विश्वासको मत लिन लागेका हुन् ।

मुख्यमन्त्री नियुक्त भएको मितिले ३० दिनभित्रै विश्वासको मत लिने संवैधानिक व्यवस्थाअनुसार आज बस्ने प्रदेशसभाको बैठकबाट शर्माले विश्वासको मत लिन मङ्गलबार नै प्रदेशसभा सचिवालयलाई जानकारी गराएको छ ।

प्रदेशसभा सचिव जीवराज बुढाथोकीका अनुसार आज बिहान ११ः०० बजे सर्वदलीय बैठक बस्दैछ । बैठकको निर्णयबमोजिम विश्वासको मत लिने प्रयोजनका लागि आजै दिउसो १ः०० प्रदेशसभाको बैठक आह्वान हुनेछ । प्रदेशसभामा नेकपा (माओवादी केन्द्र)का १३, नेकपा (एमाले)का १० तथा नेकपा (एकीकृत समाजवादी र राप्रपा)का एक–एक, नेपाली कांग्रेसका १४ र एक स्वतन्त्र प्रदेशसभा सदस्य छन् ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार ११:००   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।