Logo

अर्थ

सेयर बजारमा दाेहाेराे अंकको गिरावट, साढे ३ अर्ब माथिको कोरोबार



काठमाडाैं । सेयर बजारमा साेमबार दाेहाेराे अंकको गिरावट आएको छ । आज सेयर बजार मापक नेप्से परिसूचक १३.७१ अंकले घटेर २१६५.१० बिन्दुमा पुगेको छ । त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि २.०५ अंकले घटेर ४१४.०१ बिन्दुमा पुगेको छ ।

कारोबार अवधिभर २५८ कम्पनीको १० करोड ७५ लाख ९ हजार ५७९ कित्ता सेयर किनबेच भएको छ । यसदिन ३ अर्ब ८६ करोडमाथिको कारोबार भएको छ ।

यसदिन ४१ कम्पनीको सेयर मूल्य बढेको छ, भने १६६ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी ३ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार १५:२०   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।