Logo

प्रमुख समाचार

गृहमन्त्री रवि लामिछानेलाई तत्काल बर्खास्त गर्न सुन्दरमणि दिक्षितको माग



नागरिक समाजका अगुवा तथा वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दिक्षितले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई एक मिनेट पनि पदमा बस्ने नैतिक अधिकार नभएको बताएका छन् ।

दिक्षितले गृहमन्त्री लामिछाने आँफै नागरिकताको विषयमा विवादमा फसेको र अदालतमा मुद्दा विचाराधिन भएको अवस्थामा गृहमन्त्री बन्नु गलत भएको तर्क गरे ।

दिक्षितले एक टेलिभिजन कार्यक्रममा यस्तो माग गरेका हुन् । उनले गृहमन्त्री आँफैले बुझेर राजीनामा दिँदा राम्रो हुने तर्क गरेका छन् । तर, गृहमन्त्री लामिछानेले राजीनामा दिए प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल उनलाई बर्खास्त गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले भनेका छन्–‘प्रधानमन्त्रीले तत्काल गृहमन्त्रीलाई बर्खास्त गर्नुपर्छ । उहाँलाई पदमा बस्ने नैतिक अधिकार छैन् । नहटाए प्रधानमन्त्री प्रचण्डमाथि प्रश्न उठ्छ ।’ दिक्षितले राप्रपा र रास्वपा सरकारमा सहभागी भएर गम्भीर गल्ती गरेको पनि टिप्पणी गरेका छन् ।

उनले भने,‘रवि र राजेन्द्र सरकारमा गएर महाभूल गरे । मैले रास्वपालाई मतदान गरें । म अहिले पछुताईरहेको छु ।’ उनले विक्रम पाण्डे र डिपी अर्यालजस्ता विवादित व्यक्ति मन्त्री बन्नुपनि गलत भएको टिप्पणी गरेका छन् ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलवार ०९:५८   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।