Logo

गण्डकीमा ५ हजार ६८५ कोरोना सङ्क्रमित



गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार ६८५ पुगेको छ । प्रदेशमा आज थप ५२ जनामा सङ्क्रमण पुष्टि भएको छ । 

सङ्क्रमित सबैको आइसोलेसनको व्यवस्थापनको तयारी भइरहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माले जानकारी दिए ।

३९० जनाको कोरोना परीक्षण गरिएको छ । कोरोना सङ्क्रमणका कारण हालसम्म ५० जनाको मृत्यु भएको छ भने तीन हजार ४८८ जना निको भएका छन् । 

प्रकाशित मिति : २ कार्तिक २०७७, आईतवार १६:०५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।