Logo

प्रमुख समाचार

रविले आफूलाई कानूनभन्दा माथि ठाने, उनी नेपाली मूलका विदेशी नागरिक हुन् : सुरेन्द्र भण्डारी



सर्वोच्च अदालतमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ जारी छ ।

सर्वोच्चको संवैधानिक इजालसमा जारी सुनुवाइमा निवेदकको तर्फबाट सुरेन्द्र भण्डारीले रवि लामिछाने अहिले नेपाली मूलका विदेशी नागरिक भएको दाबी गरेका छन् ।

उनले बहस गर्दै रविले आफूलाई कानूनभन्दा ठूलो ठानेको जिकिर गरे ।

बहस गर्दै उनले भने, अमेरिकी नागरिकता त्यागिसकेको निवेदन दिनुपर्नेमा कुनै पनि प्रक्रिया पालना नगरेको, आफूलाई कानूनभन्दा माथि ठानेको छ । अमेरिकी दूतावासमा पनि नागरिकता त्यागको लागि निवेदन दिएको भनेर अध्यागनलाई जानकारी गराएको अवस्था छ । त्यही भएर उनी नेपाली मूलका विदेशी नागरिक हुन् ।

अधिवक्ता भण्डारीले विदेशी नागरिकता त्यागेको भने पनि प्रमाण पेश गर्न नसकेको दाबी गरे ।

उनले भने, नागरिकता पुनः प्राप्त गर्न विदेशी नागरिकता त्यागिसकेको प्रमाण तोकिएको अधिकारीलाई निवेदनमार्फत दिनुपर्छ । निवेदन दर्ता भइसकेपछि पुरानै नागरिकताको विवरण राखिने व्यवस्था छ ।

प्रकाशित मिति : १२ माघ २०७९, बिहीबार १०:३७   :  बजे

204
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।