Logo

टिभीएस मोटर खरिदको भुक्तानी ई—सेवाबाट गर्दा उपहार



टिभीएस मोटर्सको आधिकारीक बिक्रेता कम्पनी जगदम्बा मोटर्स र इसेवाबीच सम्झौंता भएको छ ।  सम्झौता अनुसार बडादशैंको अवसरमा गर्ने कुनैपनि भुक्तानी इसेवाबाट गर्दा धेरै उपहार जित्न सकिने योजना अन्तर्गत टिभीएस अपाचे टूभी जित्न सकिने योजना संचालनमा आएको हो । 

टिभीएसले धेरै क्षेत्रमा आफ्नो सहकार्य बढाउँदै ग्राहक लक्षित क्याम्पेन संचालन गरिरहेको कम्पनीको दाबी छ । यहि क्रममा इसेवासँगको साझेदारी गरेर ग्राहकलाई दशैंमा केहि नयाँ दिने कोशिस टिभीएसले गरेको जनाएको छ । 

टिभीएस नेपालमा तिब्र विस्तार हुँदै आएको ब्राण्ड हो । नेपालमा सबैभन्दा धेरै रेञ्जमा मोटरसाइकल तथा स्कुटर बिक्री गर्दै आएको कम्पनीले ग्राहकलाई १ लाख ४० हजारदेखि ७ लाखभन्दा माथि मूल्यको मोटरसाइकल बिक्री वितरण गर्दै आएको छ । 

अहिले टिभीएसको अपाचे सिरिजमा १६० टूभी, १६० फोर भीमा ५ भेरियन्ट, २०० फोर भीमा दुई भेरियन्ट, स्टाइकर, रेडन, जुपिटर क्लासिक, वीगो, एनटर्कको विभिन्न ३ भेरियन्ट, आरआर ३१० लगायतका मोटरसाइकल तथा स्कुटर बिक्री गर्दै आएको छ । 

प्रकाशित मिति : कार्तिक २, २०७७ आईतबार  ५ : ०८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।