काठमाडौँ । रवि लामिछानेले नेपाली नागरिकता पुन: प्राप्त भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ ।
अमेरिकी नागरिकता त्यागे पनि उनले नेपाली नागरिकता पुन: प्राप्ति गर्ने प्रक्रिया पूरा नगर्दा गत शुक्रबार सर्वोच्च अदालतले उनको सांसद पदसमेत बदर गरिदिएको थियो । रास्वपाले आइतबार दिउँसो साढे ३ बजे बैठक बोलाएको हो ।
उनले नागरिकता पुन: प्राप्त गरिसकेका छन् । अदालतको फैसलापछि लामिछानेले उपप्रधान तथा गृहमन्त्री, संसदीय दलको नेता, सांसद र पार्टी सभापतिबाट हट्नु परेको थियो ।




















प्रतिक्रिया