Logo

प्रमुख समाचार

गृहमन्त्री टुंगो लगाउने जिम्मेवारी प्रधानमन्त्रीको हुन्छ: महरा




काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले गृहमन्त्री कसलाई बनाउने भन्ने कुराको टुंगो लगाउने जिम्मेवारी प्रधानमन्त्रीको भएको बताएका छन् ।

सोमबार पार्टी पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उपाध्यक्ष महराले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसबारे निर्णय गर्ने भएकाले उक्त विषयलाई पार्टीभित्र प्रवेश नै नगराइएको बताए । ‘गृहमन्त्री को हुन्छ, को हुन्न भन्ने कुरा उहाँले टुंगो लगाउने कुरा हो । यो पार्टीले टुंग्याउने कुरा होइन । स्थायी कमिटीमा त्यो विषयमा पर्सि छलफल होला’उनले भने ।

गत शुक्रबार सर्वोच्चको फैसलापछि रवी लामिछानेले प्रधानमन्त्री समक्ष राजीनामा दिएका थिए । उनको राजनीमा पछि गृह मन्त्रालय जिम्मेवारी प्रचण्ड स्वयंले सम्हालिरहेका छन् ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार १७:१९   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।