काठमाडौंमा पत्रकारहरुसँग कुरा गर्दै कांग्रेस चितवन सभापति राजेश्वर खनालले रबि लामिछानेले उप निर्वाचनमा सहभागी भए चितवन नेपाली कांग्रेसले उनलाई हराएर पठाउने बताए ।
‘३२ दिनमा गृहमन्त्री हुँदा उहाँले के गर्नुभयो । चितवनका मतदाताले बुझिसकें । नागरिकता र दोहोरो पासपोर्टको मुद्धा मतदाताले बुझिसके’ उनले भने ।
उनले कांग्रेसभित्र गुटउपगुट नभइ एकत्रित भएर लागे रबिलाई सजिलै चुनाव हराउन सकिने बताए ।




















प्रतिक्रिया