Logo

अनलाइनपाना खोज

ब्यापारीले ४० करोड प्रचण्डलाई बुझाएपछि रबिलाई गृह मन्त्रालय नदिएको खुलासा, रबि गृह आए को-को जान्छन् जेल ?



माघ १० गते दिउसो १ बजे संसद भवन अगाडि आफ्नै शरिरमा आगो लगाएर ‘आत्मदाह’ गरेका प्रकरणमा संलग्न रहेका १२ जना विरुद्धको जाहेरीका आधारमा काठमाण्डौं उपलब्ध ब्यक्ति र फर्माको बयान प्रहरीले सकाएको छ । आचार्यलाई बाचुन्जेल विभिन्न तवरबाट पीडा दिएर मर्न बाध्य बनाएको भन्दै आचार्यकी श्रीमती नानुका अधिकारीले माघ १२ गते जाहेरी दिएकी थिइन् ।

आत्मदाह गर्नुपूर्व आचार्यले सामाजिक सञ्जाल फेसबुकमा ‘स्टाटस’ लेख्दै ‘आत्मदाह’ गर्नुको कारण खुलाएका थिए । सोही स्टाटसका आधारमा आचार्यकी श्रीमती अधिकारीले भाटभटेनीका मालिक मीन बहादुर गुरुङदेखि गोल्यान ग्रुपका पवन गोल्यान र २ कलेज संचालकसहित १२ जना विरुद्ध जाहेरी दिएकी थिइन् ।

क्याथफोर्ड इन्टरनेशनल कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट, सान इन्टरनेशनल कलेज, सुकुकी शोरुम, इलाम सुर्योदय नगरपालिका (११ का टेक बहादुर राईको साङ्पाङ् डेरी, नेपाल ग्रामोध्योग कम्पनी र कम्पनीका सञ्चालक डा. उपेन्द्र महतो एवम् डा. समता प्रसाद, गोल्यान एग्रो र पवन गोल्यान, अनिल बस्नेत, मेरो तरकारी डटकम र नेप एक्सप्रेस यूएईका विरुद्धमा जाहेरी दिएकी हुन् ।

त्यस्तै, जाहेरीमा डाबर नेपाल प्राइभेट लिमिटेड र शंकर पन्त, कन्याम ईन, झापा धुलाबारीका अनिल भेटवाल, भाटभटेनी सुपर मार्केटका सञ्चालक मीन बहादुर गुरुङ र नेपालको संविधानले प्रदान गरेको प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने लगायतका मौलिक हकहरुको रक्षा गर्न नसकेको भन्दै नेपाल सरकारको नाम समेत उल्लेख गरिएको छ ।

बाचुन्जेलसम्म बाँच्न नसक्ने गरि असह्य पीडा दिएको र सोहि पीडा सहन नसकेर आचार्यले आत्महत्या गरेको भन्दै १२ जना (फेसबुक स्टाटसमा उल्लेख भएका) विरुद्द ‘आत्महत्या दुरुत्साहन’ मुद्दामा जाहेरी परेको थियो । यदी सो मुद्दामा दोषी ठहरिए जाहेरीमा नाम उल्लेख भएकाहरु जेल जान सक्छन् ? भन्ने प्रश्नमा अधिवक्ता सिवराम तिमल्सिना भन्छन् (आत्महत्या दुरुत्साहन)’ गर्न कोहि कसै वा त्यस्ता ब्यक्तिले परिस्थीति कसैलेपनी खडा गर्नु हुदैन यदि गरेको खण्डमा ती ब्यक्तिलाई ५ बर्षसंम्म कैद र ५० हजार जरीवाना हुने कानुनी ब्यवस्था रहको बताउछन् ।

के भन्छ प्रहरी ?

आर्चायको पत्नीको जाहेरिका आधारमा घटनाबारे अनुसन्धान भइरहेको र काठमाण्डौंमा उपलब्ध रहेकाहरुलाई बोलाएर बयान लिइसकेको जिल्ला प्रहरी परिसर काठमाण्डौंका एसएसपी दान बहादुर कार्कीले अनलाइनपाना डटकमलाई जानकारी दिए । उनले भने– ‘केही ठाउँमा पत्राचार गरेका छौँ ।’ काठमाण्डौं बाहिर इलामको हुन बाकि छ । इलामको इलाममा नै गराउछौं उनेल भने । सामाजिक सञ्जालमा उठाएका विषय छानबिन गर्न गृह मन्त्रालयका सह–सचिव नारायण प्रसाद रिसालको नेतृत्वमा ६ सदस्यीय समिति पनि गठन गरिएको छ । अर्थ मन्त्रालयका उप–सचिव, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उप–सचिव सहित समितिमा नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि पनि सदस्य छन् ।

रबि गृह आए १२ जना जेल जाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेलाई गृह मन्त्रालयमा तत्काल फर्काए प्रेम प्रसाद आचार्यकी श्रीमति नानुका अधिकारीले हालेको जाहेरिका आधारमा १२ जनालाई जेल पठाउने एक ब्यापारीले नाम नबताउने सर्तमा अनलाइनपानालाई जानकारी दिए । उनी भन्छन् त्यसो हुदा उनलाई तत्काल गृहमा फर्काउन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले नै नमानेका हुन् । उनी भन्छन् प्रधानमन्त्री प्रचण्डले ४० करोड लिएर ती अभियुक्तहरुलार्ई मुक्ति दिन खोजेका छन् ।

उनी थप्छन् नेपाल ग्रामोध्योग कम्पनी र कम्पनीका सञ्चालक डा. उपेन्द्र महतो, भाटभटेनीका मालिक मीन बहादुर गुरुङ, गोल्यान ग्रुपका पवन गोल्यान लगाएतले आफू ब्ल्याक लिष्टमा पर्ने र जेल पर्दा करोडौं घाटा हुने भएकाले पनि ४० करोडमा डिल फाइनल गरेको हुन सक्छ । जब प्रधानमन्त्रीले नै गृह राख्नको अगाडिका कारण नै यहि हो उनी भन्छन् । यता डा. उपेन्द्र महतो लगाएतका ठूला उधोगीलाई बचाउन नेपालका नाम चलेका ठूला मिडिया नै हात धोएर लागि परेका छन् उनले भने ।

यो पनि

एनएमबी बैंकका अध्यक्ष पवन गोल्यानमाथि आत्महत्या दुरुत्साहनको मुद्दा, जेल जानसक्ने !

कमजोर अवस्थामा रहेको एनएमबी बैंक : पैसा तिर्दै अवार्ड खरिद गर्दै (भाग-३)

बैंकका सीईओ केसीको ठाडो हस्तक्षेप, एनएमबी लघुवित्त संकटमा [भाग-२]

घाटामा रहेको एनएमबी लघुवित्त चरम संकटमा

प्रकाशित मिति : माघ १८, २०७९ बुधबार  १० : ५७ बजे

1.308k
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।