Logo

अनलाइनपाना खोज

एनएमबी बैंकका अध्यक्ष पवन गोल्यानमाथि आत्महत्या दुरुत्साहनको मुद्दा, जेल जानसक्ने !



काठमाडौं । एनएमबी बैंकका अध्यक्ष यवं बैंकर व्यवसायी तथा गोल्यान एग्रो फार्मका संचालक पवन गोल्यानमाथि आत्महत्या दुरुत्साहनको अभियोगमा मुद्दा दायर भएको छ । गत मंगलबार संसद भवनबाहिर आत्मदाह गरेका प्रेम प्रसाद आचार्यका श्रीमतीसहितका आफन्तहरुले आत्महत्या दुरुत्साहनमा मुद्दा दायर गरेका हुन् ।

आचार्यले लेखेको स्ट्याटसमा, भाटभटेनी सुपर मार्केटका सञ्चालक मिन बहादुर गुरुङसहितका एक दर्जनभन्दा बढि उद्योगी, व्यवसायी तथा नेपाल सरकारका जिम्मेवारी अधिकारीहरु, साथिमार्टका सागर पोखरेल, मेट्रोतरकारी डटकमका अनिल बस्नेत, डाबर नेपालका शंकर पन्त लगायतका नाम उल्लेख गरेका थिए ।

उनले भाटभटेनी सुपरमार्केट, नेपाल ग्रामोध्योग, गोल्यान एग्रो, डाबर नेपाल जस्ता देशकै नाम चलेका औद्योगिकरव्यापारिक घरानालाई आफूले सामान बने बेच्दा उधारो रकममा बिक्री गर्नु परेको र रकम उठाउन जाँदा पनि समयमै नदिने कसैले समान नै फिर्ता पठाइदिनेसम्म गरेको लेखमा बताएका छन् । ग्रोसरी शप बिगमार्टका सञ्चालकसहित देशका नाम चलेका प्रतिष्ठित करिब एक दर्जन व्यापारीहरुका विरुद्धमा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता भएको हो ।

आचार्यको अन्तिम लेखका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंले उनका परिवारका सदस्यले दिएको जाहेरी दर्ता गरी अनुसन्धान सुरु गरिसकेको छ । उक्त घटनाका सम्बन्धमा छानविन गर्ने जिम्मेवारी नेपाल सरकार र गृहमन्त्रालयलाई दिएको छ। जसका लागि छानविन समिति समेत बनिसकेको छ । हाल प्रहरीले अभियुक्तहरुको बयान लिने काम गरिरहेको छ ।

यो पनि

कमजोर अवस्थामा रहेको एनएमबी बैंक : पैसा तिर्दै अवार्ड खरिद गर्दै (भाग-३)

बैंकका सीईओ केसीको ठाडो हस्तक्षेप, एनएमबी लघुवित्त संकटमा [भाग-२]

घाटामा रहेको एनएमबी लघुवित्त चरम संकटमा

प्रकाशित मिति : माघ १७, २०७९ मंगलबार  १० : २८ बजे