Logo

विविध

महिलाले कतिबेला धेरै सेक्स गर्ने रुचाउँछन् ?



पुरुष सेक्सका लागि जतिसुकै बेला तयार हुने भए पनि महिलाको लागि विशेष समयको आवश्यकता पर्छ । विभिन्न अध्ययनले देखाएको निष्कर्ष अनुसार महिलामा महिनावारी पूरा भएको पाँचदेखी सात दिन भित्र यौन इच्छा बढी हुने गर्छ । पुरुष प्रतिको आकर्ष र यौन इच्छा समेत यहीसमयमा बढी हुने गर्दछ ।

यो समयमा भएको सेक्समा महिलाहरुले अत्याधिक आनन्दको महसुस समेत गर्ने गर्दछन् । पुरुषले सेक्सको लागि विशेष समयको आवश्यकता महसुस गर्दैनन् ।

पुरुषलाई जुनसुकै समय भए पनि सेक्स आनन्द पाप्त हुन्छ भने महिलाको लागि सेक्स आनन्द प्राप्तिका लागि विशेष समय चाहिने कुराको पुष्टि जर्मन अनुसन्धानकर्ताहरुले गरेका हुन् ।

केही समय अघि जर्मनीको युनिभर्सिटी अफ बेम्वर्गनका अनुसन्धाताहरूले महिलाले सेक्सका लागि समय पर्खने निष्कर्ष निकालेका हुन् । अनुसन्धानकर्ताहरुले एक हजार महिलामा गरेको अनुसन्धानबाट यस्तो निष्कर्ष सार्वजनिक गरेका हुन् ।

अनुसन्धानकर्ताले कुन समय सेक्स गर्ने इच्छा बढी हुन्छ र कुन समयमा बढी आनन्दको अनुभूति हुन्छ रु लगायतका प्रश्न सोधेका थिए । अनुसन्धानमा संलग्न महिलाहरुले महिनावरी पुरा भएपछिका पाँच देखि सात दिनमा विशेष यौन इच्छा हुने बताएका थिए ।

सेक्स गर्नुस् मोटोपन घटाउनुस्

अमेरिकाको एक सोध वैज्ञानिक र सेक्स सलाहकार डा. डेबी हरबेनिकले एक अनुसन्धानको क्रममा सेक्सको सबैभन्दा उत्तम समय विहान नै रहेको पत्ता लगाए । डा. डेबीका अनुसार विहानको समयमा सेक्स गर्दा हाम्रो शरिरबाट निस्कने केमिकल्सबाट धेरै सन्तुष्टि मिल्छ । जसबाट खुसी मात्रै होइन स्वस्थ पनि भइन्छ । यसैगरी अमेरिकी अर्का सेक्स सलाहकार जेन ग्रीनरका अनुसार विहानको समयमा सेक्स गर्दा राम्रो व्यायाम पनि हुन्छ । सेक्स एकप्रकारको व्यायाम पनि हो । उपयुक्त समयमा नियमित सेक्स गरे पनि मोटोपन घट्ने अध्ययनबाट पत्ता लागेको छ ।

सेक्स कतिपटक गर्ने ?

सेक्स कतिपटक गर्ने भन्ने नापतौल छैन । आवश्यकता अनुसार सेक्स गर्न सकिन्छ । तर, भनिन्छ नी धेरै खायो भने चिनि पनि तितो हुन्छ । उपयुक्त समयमा र आफ्नो पार्टनरको मुड हरेर सेक्स गर्न सकिन्छ । त्यसैले एकसातामा तीनपटक सेक्स गर्दा राम्रो हुने विज्ञहरुले बताएका छन् । विहानमा सेक्स गर्दा महिला र पुरुष दुबैमा प्रजनन क्षमता पनि बढ्छ । लेखिका जेनी ट्रिप्लेटका अनुसार विहानमा सेक्स गर्दा महिलाहरुलाई धेरै शक्ति प्राप्त भएको महसुस हुन्छ ।

विहानको सेक्समा कसरी मजा लिने ?

विहानको समयमा पूजापाठ गर्ने, खाना पकाउने, अफिस जाने तयारी आदि गर्नुपर्ने हुन्छ । यदि त्यसको लागि प्रयाप्त समय छ र पार्टनर टेन्सनमा छैन भने विहानमै सेक्स गर्दा राम्रो । विहानको समयमा सेक्सको साथसाथै पार्टनरसँगै बाथरुममा ‘शावर’मा नुहाउदै मजा लिन पनि सकिने विज्ञहरुको भनाइ छ । यसो गर्दा आफ्नो पार्टनरसँग अझै बढि आत्मियता प्राप्त पाउने मात्रै होइन रमाइलो पनि हुन्छ ।

रातिमा सेक्स किन नगर्ने ?

विहानमा सेक्स गर्ने तर रातीमा किन नगर्ने भन्ने जिज्ञासा लाग्न सक्छ । रातीमा खासगरी खाना खाएर बेडमा जाने र सुत्नेबेला सेक्स गर्छन् धेरैजसो जोडिले । तर, खाना खाएर सेक्स गर्नु र खाना खाएर नुहाउनु भनेको रोग निम्ताउनु हो । त्यसैले रातीमा सेक्स गनुभन्दा विहान मै गर्दा राम्रो हुने विज्ञहरुको सुझाव छ । रातीको सेक्समा नयाँपन नहुने पनि बताउने गरिएको छ ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार २१:२३   :  बजे

519
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।