Logo

प्रमुख समाचार

प्रचण्ड भेट्न विप्लव बालुवाटारमा



नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री दाहालसँग भेट्नको लागि विप्लव आइतबार साँझ बालुवाटार पुगेका हुन् ।

यसअघिको सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयनको लागि विप्लव काठमाडौं आएको बुझिएको छ । भेटवार्तामा माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरापनि सहभागी थिए ।

यसअघि महराले पार्टी एकता गर्नेगरि विप्लवसँग नवलपरासीमा पुगेर भेटवार्ता गरेका थिए । आजको भेटवार्तामा पनि दुई दलबीच एकता गर्नेबारे छलफल भएको बुझिएको छ ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार ०८:४९   :  बजे

144
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।