काठमाडौँ । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार भएको भेटवार्तामा राष्ट्रपतिको उम्मेदवार र सरकारका कामकारबाहीबारे छलफल गर्ने राजनीतिक संयन्त्रको बैठक बोलाउने सहमति भएको छ ।
बालकोटको भेटपछि प्रधानमन्त्री दाहालले संयन्त्रको बैठक बसेर सबै विषयमा छलफल गर्ने जानकारी दिए । राष्ट्रपति पदको निर्वाचन आगामी फागुन २५ गते हुँदैछ । सत्तारुढ दुई दल माओवादी केन्द्र र एमालेबीच फरक मत प्रकट भइरहेको छ । एमालेले राष्ट्रपति आफूले पाउनुपर्ने अडान राख्दै आए पनि प्रधानमन्त्री प्रचण्ड सहमत छैनन् । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछिको अवस्थाबारे पनि बुधबार दुई शीर्ष नेताबीच कुराकानी भएको थियो ।




















प्रतिक्रिया