Logo

प्रमुख समाचार

शितलनिवासमा सांसदहरुलाई भोजको आयोजना, नृत्यमा रम्दै भिआईपी



राष्ट्रपति विद्यादेवी भण्डारीले सांसदहरुको स्वागतको लागि भोजको आयोजना गरेकी छिन् । राष्ट्रपति भण्डारीको कार्यकाल समापन हुँदैछ । उनले आज (शनिबार) नवनिर्वाचित सांसदहरुको लागि भोजको आयोजना गरेकी हुन् ।

अहिले सशस्त्र प्रहरीका कलाकारहरुले नृत्य प्रस्तुत गरिरहेका छन् । भोजमा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्लिसिना, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल, केपी शर्मा ओलीलगायत सहभागी छन् ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार १७:५६   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।