रवि लामिछाने नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनःसरकारमा ल्याउन सत्ता गठबन्धनमा छलफल भएको छ ।
आइतबार बिहान बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा रास्वपालाई पुनः सरकारमा ल्याउनेबारे छलफल भएको हो ।
‘रास्वपालाई पुनःसरकारमा ल्याउने बारेमा छलफल भइराखेको छ, संयन्त्र बैठकपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने, यस विषयमा बैठकमा कुराकानी भयो । उपयुक्त समयमा रास्वपा सरकारमा आउन पनि सक्छ । त्यसका बारेमा केही प्राविधिक समस्या पनि छन्, छलफल भइराखेको छ ।
बालुवाटारमा भएको संयन्त्र बैठकमा रास्वपा सभापति लामिछाने पनि सहभागी थिए । रास्वपाले सरकारलाई दिएको समर्थन कायमै राख्दै आफ्ना मन्त्रीहरूलाई सरकारबाट भने फिर्ता बोलाएको थियो । रास्वपाबाट प्रतिनिधि सभामा १९ जना सांसद छन् ।
तर, रास्वपा प्रवक्ता तथा महामन्त्री डा। मुकुल ढकाल भने तत्काल यस्तो सम्भावना नरहेको बताउँछन् । चितवन २ मा उपचुनाव भएपछि मात्रै सरकारमा सहभागिताको विषयमा पुनर्विचार गर्न सकिने उनको भनाइ छ ।




















प्रतिक्रिया