Logo

प्रमुख समाचार

जनयुद्ध दिवसमा सार्वजनिक विदा दिनु गलत : योगेश भट्टराई



नेकपा एमालेका सचिव योगेश भट्टराईले जनयुद्ध दिवसमा सार्वजनिक विदा दिनु गलत भएको टिप्पणी गरेका छन् ।

२००७ सालदेखिका सबै क्रान्ति, आन्दोलन तथा विद्रोहको समस्टी र उच्चतम सफलता तथा गौरवस्वरुप गणतन्त्र र संविधान दिवस मानिदै आएको अवस्थामा जनयुद्ध दिवसका लागि अलग्गै विदा दिइनु अर्थपूर्ण नभएको उनले बताएका छन् । यसले वैचारिक ध्रुवीकरणको स्थिति सृजना गर्ने सचिव भट्टराईको टिप्पणी छ ।

‘२००७ सालदेखिका सबै क्रान्ति, आन्दोलन तथा विद्रोहको समस्टी र उच्चतम सफलता तथा गौरब स्वरुप गणतन्त्र र संबिधान दिवस मानिंदै आएको छ । अरु सबै यसकै अधिनस्थ हुन्,’ भट्टराईले भने, ‘फेरि अलग–अलग बिदा किन ? मुलुकलाई अनावश्यक वैचारिक ध्रुवीकरणमा नफसाऔँ ।’

प्रकाशित मिति : २९ माघ २०७९, आईतवार २२:१४   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।