काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यवहार, काम र पढाइबाट अनेरास्ववियु भनेर चिनिन विद्यार्थीहरुलाई निर्देशन दिएका छन् ।

अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने राष्ट्रियताको साचो रक्षक हो यो । हामीले पाँच दलीय गठबन्धन तोडेर अर्को सरकार बनाउन सफल भएका छौं, यो सफलताको कुरा हो । ओलीले प्रश्न गर्दै भने, ‘यो संसद्को बनावट नै अस्थिरताको कारक हुने बनावट छ । बहुमत कसैको छैन, हाम्रो पार्टीसँग पनि छैन । बहुमतभन्दा निकै तल सिट छ । भित्र र बाहिरका धेरै शक्तिहरू यो देश बरबाद पार्न क्रियाशील छन् ।’

‘सबभन्दा पहिले कुनै डाँकाले बैंक डकैती गर्नुपरेमा पालेलाई आक्रमण गर्छ । एमाले यो देशको पाले हो, पहिले यसमाथि प्रहार हुन सक्छ । फेरि पनि हुनसक्छ’, ओलीले भने । उनले समाजवाद धेरैले भन्ने गरेपनि त्यसको सामाजिक, आर्थिक, सांस्कृतिक पक्षलाई समेटेर मात्रै समाजवाद र समृद्ध नेपाल सुखी नेपालीको यात्रामा अघि बढ्नुपर्ने बताए ।





















प्रतिक्रिया