नवनियुक्त तीन जना कुलपतिहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेको छन् ।
आज बिहान बालुबाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नवनियुक्त तीन जना कुलपतिहरुलाई पद तथा गोपनियताको सपथ गराएका हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार सपथ ग्रहण गर्नु हुनेहरुमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्मा, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपतिमा नारदमणी हार्तम्छाली रहेका छन् । सो अवसरमा प्रधानमन्त्रीले उहाँहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।




















प्रतिक्रिया