काठमाडौँ । उडीसाको पुरीस्थित गोवर्धनमठका शङ्कराचार्य निश्चलानन्द सरस्वती महाशिवरात्री पर्वका लागि बिहीबार काठमाडौँ आइपुगेका छन् । पशुपति क्षेत्र विकास कोषको निमन्त्रणामा शिष्य र सहयोगीसहित उनी नेपाल एयरलाइन्सको उडानमार्फत् दिल्लीबाट आइपुगेका हुन् ।
शङ्कराचार्य निश्चलानन्द सरस्वती बिहीबार साँझ काठमाडौँ आइपुगेका कोषका संस्कृति महाशाखा प्रमुख एवं सूचना अधिकारी गौरीशङ्कर पराजुलीले जानकारी दिए । शङ्कराचाय निश्चलानन्द सरस्वती पशुपति क्षेत्रस्थित नेपाल–भारतमैत्री धर्मशालामा बसेका छन् । उनका साथमा त्रिदण्डी स्वामी निर्विकलानन्द, ऋषिकेश ब्रह्मचारी, शङ्कराचार्यका अन्तर्राष्ट्रि«य प्रभारी प्रेमचन्द्र झालगायत सात सदस्यीय समूह रहेको छ ।
शङ्कराचार्य निश्चलानन्द सरस्वतीले आज पशुपतिनाथमा दर्शन गर्ने कार्यक्रम छ । दर्शनपछि उनले पशुपति क्षेत्रस्थित शङ्कराचार्य मठमा प्रवचन गर्ने कार्यक्रम रहेको बताइएको छ । आजै साँझ उनले धर्मशालामा हुने अन्तक्रिया कार्यक्रममा जिज्ञासुका प्रश्नको उत्तर दिने कोषले जनाएको छ ।
शङ्कराचार्यसँगै महाशिवरात्रि पर्वका लागि पशुपति क्षेत्रमा साधुसन्तको भीड लागेको छ । यस वर्ष महाशिवरात्रिमा करिब पाँच हजार साधुसन्त पशुपति क्षेत्रमा आउने अनुमान कोषको छ ।





















प्रतिक्रिया