Logo

धर्म / संस्कृति

महाशिवरात्रिका अवसरमा रथयात्रा




काठमाडौँ । महाशिवरात्रि पर्वको अवसर पारेर योगी नरहरिनाथ आध्यात्मिक परिषद् ट्रस्टले राजधानीमा रथयात्रा आयोजना गरेको छ ।

कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानबाट सुरु भएको रथयात्रा कमलपोखरी–ज्ञानेश्वर–रातोपुल–मित्रपार्क–जयवागेश्वरी–गौशाला–पुरानो बानेश्वर–नयाँ बानेश्वर हुँदै महादेवस्थानमा पुगेर सम्पन्न गरिएको हो ।

यस वर्ष १४औँ रथयात्रा गरिएको ट्रस्टका अध्यक्ष शङ्कर पौडेलले जानकारी दिए । रथयात्रामा एक दर्जन बढी संस्थाको सहभागिता थियो । शिव, पार्वतीको रथसँगै शङ्ख, घण्ट ध्वनिका साथ रथयात्रा गरिएको हो ।

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार १३:४४   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।