काठमाडौँ । नेकपा (एमाले)का सांसद लीलानाथ श्रेष्ठले राष्ट्रिय गौरवका आयोजनाको अवस्था अत्यन्त नाजुक रहेको भन्दै ती आयोजनाको काम तोकिएकै समयमा सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराए ।
बुधवार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले के कारण आयोजना समयमै सम्पन्न हुनसकेका छैनन्, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको निर्माण अविलम्ब अगाडि बढाउन सरकारसँग आग्रह गरे ।
कार्ययोजना बनाएर विकास निर्माणको काम अघि बढाउन सरकारलाई सुझाव दिँदै गुणस्तरीय काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही गर्न उनले माग गरे ।




















प्रतिक्रिया