Logo

राजनीति

बालुवाटारमा जारी पूरानो गठबन्धनको बैठकमा निधिको इन्ट्री



काठमाडौं । बालुवाटारमा जारी पूरानो गठबन्धनको बैठकमा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि पनि पुगेका छन् । बिहानदेखि जारी चार दलको बैठकमा कांग्रेस नेता निधिको इन्ट्री भएको हो।

राष्ट्रपतिको निर्वाचन र भावी सत्ता समीकरणबारे कांग्रेस माओवादी, जसपा र एकीकृत समाजवादीका शीर्ष नेता बिहानदेखि छलफलमा छन् । कांग्रेसबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा सहभागी छन् ।

यस्तै माओवादी केन्द्रबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेता घनश्याम भुसाल सहभागी छन् र जसपा अध्यक्ष उपेन्द्र यादव र नेता राजेन्द्र श्रेष्ठ छलफलमा सहभागी छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार १२:२०   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।