Logo

राजनीति

हात्ती आतङ्क नियन्त्रण गर्न एमाले सांसद बर्ताैलाकाे माग



काठमाडाैं । नेकपा एमालेका सांसद महेशकुमार बर्तौलाले मकवानपुरको मनहरी गाउँपालिकामा ‘एमगज’ नामक हात्तीको आतङ्क बढेको भन्दै हात्ती आतङ्क नियन्त्रण गरी पीडितलाई क्षतिपूर्ति दिन माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बेठकमा समय मागेर उनले एमगज हात्तीको आक्रमणबाट हालै मनहरि–४ निवासी ६४ वर्षीय राधा अधिकारीको मृत्यु भएको भन्दै हात्ती आतङ्क नियन्त्रण गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।

हात्तीले स्थानीय जनताको घर भत्काउने, बाली नष्ट गर्ने र विद्यार्थीलाई विद्यालय जान त्रास बढेको भन्दै सांसद बर्तौलाले हात्ती आतङ्क नियन्त्रण गर्न वन तथा निकुञ्ज विभागका कर्मचारीले चासो नदिएको गुनासो गरे ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार १४:२९   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।