काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादी अध्यक्षमा माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल पचण्डसँगको छलफलपछि ओली नेपाल भेटन पुगेका हुन् ।
महाराजगंजमा करिब आधा घण्टा छलफल भएको छलफलमा ओलीले नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेका बताइएको छ । नेपालले विभिन्न राजनीतिक दलहरुसँग राष्ट्रपतिको उम्मेदवार बन्ने विषयमा छलफल समेत चलाउँदै आएका थिए । अब बन्न लागेको गठबन्धनले माधव नेपाललाई राष्ट्रपतिमा अघि सारे आफूले उम्मेदवार नउठाउने एमालेले बताएको छ ।
शुक्रबार बिहान भएको चार दलीय छलफलमा पनि नेपालले आफूलाई राष्ट्रपति उम्मेदवारको रुपमा प्रस्ताव गरेका थिए । कांग्रेस भने राष्ट्रपति आफ्नो दलले पाउनु पर्ने बताउँदै आएको छ । ओलीसँगको भेटपछि नेपाल चार दलीय बैठकमा भाग लिन प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।




















प्रतिक्रिया