Logo

प्रमुख समाचार

चार दलकाे बालुवाटार बैठकअघि माधवलाई ओलीको प्रस्ताव : राष्ट्रपतिको उम्मेदवार बन्नुस्



काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादी अध्यक्षमा माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल पचण्डसँगको छलफलपछि ओली नेपाल भेटन पुगेका हुन् ।

महाराजगंजमा करिब आधा घण्टा छलफल भएको छलफलमा ओलीले नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेका बताइएको छ । नेपालले विभिन्न राजनीतिक दलहरुसँग राष्ट्रपतिको उम्मेदवार बन्ने विषयमा छलफल समेत चलाउँदै आएका थिए । अब बन्न लागेको गठबन्धनले माधव नेपाललाई राष्ट्रपतिमा अघि सारे आफूले उम्मेदवार नउठाउने एमालेले बताएको छ ।

शुक्रबार बिहान भएको चार दलीय छलफलमा पनि नेपालले आफूलाई राष्ट्रपति उम्मेदवारको रुपमा प्रस्ताव गरेका थिए । कांग्रेस भने राष्ट्रपति आफ्नो दलले पाउनु पर्ने बताउँदै आएको छ । ओलीसँगको भेटपछि नेपाल चार दलीय बैठकमा भाग लिन प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार १९:०६   :  बजे

111
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।