काठमाडौं । बालुवाटारमा बसिरहेको चार दलका शीर्ष नेताहरुबीच राष्ट्रपतिका विषयमा सहमति जुटेको छ । बैठकमा राष्ट्रपति नेपाली कांग्रेसले लिने विषयमा सहमति जुटेको छ ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीका नेताहरुको बैठकमा राष्ट्रपतिबारे सहमति जुटेको हो । बिहान बसेको बैठकमा कांग्रेससँगै एकीकृत समाजवादीले पनि राष्ट्रपतिमा दाबी गरेको थियो ।
वर्तमान सत्ता गठबन्धन भत्किने पक्कापक्की भएसँगै दिउँसाे एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका थिए । त्यसलगतै ओलीले माधव नेपाललाई पनि भेटेर राष्ट्रपतिकाे उम्मेदवार बन्न प्रस्ताव गरेका थिए ।




















प्रतिक्रिया