Logo

प्रमुख समाचार

बालुवाटार बैठक : राष्ट्रपति कांग्रेसले लिने विषयमा जुट्यो सहमति



काठमाडौं । बालुवाटारमा बसिरहेको चार दलका शीर्ष नेताहरुबीच राष्ट्रपतिका विषयमा सहमति जुटेको छ । बैठकमा राष्ट्रपति नेपाली कांग्रेसले लिने विषयमा सहमति जुटेको छ ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीका नेताहरुको बैठकमा राष्ट्रपतिबारे सहमति जुटेको हो । बिहान बसेको बैठकमा कांग्रेससँगै एकीकृत समाजवादीले पनि राष्ट्रपतिमा दाबी गरेको थियो ।

वर्तमान सत्ता गठबन्धन भत्किने पक्कापक्की भएसँगै दिउँसाे एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका थिए । त्यसलगतै ओलीले माधव नेपाललाई पनि भेटेर राष्ट्रपतिकाे उम्मेदवार बन्न प्रस्ताव गरेका थिए ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार १९:४३   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।