एमाले सांसद तथा प्रतिनिधिसभा सदस्य गोकुल बास्कोटाले शुक्रबार प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग सहमति गरेसँगै अब सरकारमा बामपन्थी सहकार्य समाप्त भएको बताएका छन् । अब एमाले आफ्नै लयमा अघि बढ्नुपर्ने उनको भनाइ छ ।
‘उहिल्यै भन्देको हो–छेपारो र प्रचण्डबीच रंग फेर प्रतियोगीता भए पनि छेपारो नै हार्छ’, बाँस्कोटाले सामाजिक सञ्जालमा टिप्पणी गरेका छन्, ‘उग्रपन्थीको अन्तिम बिसौनी दक्षिणपन्थी अवसरवाद नै हुन्छ । अब सरकारमा कथित बामपन्थी सहकार्य समाप्त भयो।एमाले आफ्नै लयमा अघि बढ्नु पर्छ ।’
उनले उत्साह र आशा दुबै नभएकाले एमाले निराश हुनु पर्ने कारण नरहेको पनि बताएका छन् ।




















प्रतिक्रिया