Logo

राजनीति

संविधानको भावना र मर्म अंगाल्दै लोकतन्त्रलाई संस्थागत गर्न लागिपर्छु : रामचन्द्र पौडेल



काठमाडौं । भावी राष्ट्रपतिमा प्रस्तावित नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूमाथि संविधानको रक्षा र जनताको अधिकार संरक्षण गर्ने चुनौती आउन लागेको बताएका छन् । कांग्रेसले आज बिहान बसेको बैठकबाट राष्ट्रपतिमा उठाउने निर्णय गरेपछि उनले संचारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् ।

नेता पौडेलले नेपालको संविधानको भावना र मर्म अंगाल्दै लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रलाई संस्थागत गर्न संविधानको रक्षकको हैसियतले आफू लागिपर्ने बताए । ‘मैले प्रथम चरणमा एउटा प्रेरणा पाएको छु कांग्रेसबाट । अहिलेको परिस्थितिमा नेपालको संविधानले नेपाली जनतामा अभूतपुर्व अधिकार दिएको छ । त्यसको रक्षा गर्ने रक्षा गर्ने चुनौती मलाई आउन लागेको छ,’ उनले भने ।

नेपाली कांग्रेसले मात्र नभएर सबै पार्टीले आफूमाथि सद्भाव र सहानुभूति राखेको पौडेलले बताए ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार १०:५७   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।