Logo

प्रमुख समाचार

एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईं पार्टीबाट निष्कासित



काठमाडौं । व्यवसायीसमेत रहेका दुर्गा प्रसाईँलाई नेकपा एमालेले केन्द्रीय सदस्यबाट हटाएको छ । शनिबार बिहान ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले प्रसाईंलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो ।

कुनै समय माओवादीनिकट रहेका प्रसाईं पार्टीको सदस्य नबन्दै एमालेको २०७८ असोजमा ललितपुरमा भएको विधान महाधिवेशनमा प्रतिनिधि बनेका थिए । विधान महाधिवेशन सकिएपछि झापामा औपचारिक कार्यक्रम गर्दै उनले एमाले प्रवेश गरेको घोषणा गरेका थिए ।

केन्द्रीय सदस्य प्रसाईंले अध्यक्ष केपी शर्मा ओलीकै चाहनामा उद्योग, वाणिज्य तथा आपूर्ति विभाग उपप्रमुखको भूमिका पाएका थिए । तर मंसिरमा भएको निर्वाचनपछि राजतन्त्र पुनःस्थापनाका लागि अभियान सञ्चालन गरिरहेका प्रसाईंलाई एमालेले निष्कासन गरेको हो ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार १२:०४   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।