Logo

प्रमुख समाचार

ओलीकाे दाबी : माओवादी केन्द्रले राष्ट्रपतिमा हाम्रै उम्मेदवारलाई समर्थन गर्छ



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनमा नेकपा माओवादी केन्द्रले आफूहलाई नै समर्थन गर्ने दाबी गरेका छन् । शनिबार पार्टी ललितपुरको च्यासलस्थित पार्टी मुख्यलयमा बसेको सचिवालय बैठकपछि पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले माओवादी केन्द्रको समर्थन आफूहरुको राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङलाई नै रहने जिकिर गरेका हुन् ।

‘पुस १० गते नै सहमति भइसकेको छ’, अध्यक्ष ओलीले भने, ‘प्रचण्ड जीले मलाई केही अफ्ठ्याराे पर्‍याे भन्नुभा छ । तर उहाँहरुले हामीलाई नै सर्थन गर्नुहुन्छ ।’ एमाले नेतृत्वको गठबन्धन तोडेर प्रधानमन्त्री प्रचण्डले कांग्रेससहितको ८ दल सम्मिलित नयाँ गठबन्धन बनाएपनि विगतको सहमतिअनुसार राष्ट्रपतिमा एमालेकै उम्मेदवारलाई माओवादी केन्द्रले सघाउने उनले दाबी गरेका हुन् ।

८ दलीय गठबन्धनले भने राष्ट्रपतिमा कांग्रेसका रामचन्द्र पौडेललाई समर्थन गर्ने निर्णय गरिसकेको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार १२:४४   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।