Logo

प्रमुख समाचार

राष्ट्रपति उम्मेदवार पौडेलले भेट रास्वपा सभापति लामिछानेलाई



काठमाडौं । राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेट गरेका छन् ।

नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवार बनाउने निर्णय गरेपछि पौडेलले लामिछानेलाई हात्तिगौडा स्थित निवासमै पुगेर राष्ट्रपति चुनावमा आफूलाई समर्थन गर्न आग्रह गरेका हुन् ।

जवाफमा लामिछानेले पार्टीमा छलफल गरेर निर्णय गर्ने जानकारी दिएका छन् । उनले पार्टीमा छलफल गरेर आवश्यक निर्णय लिने जवाफ पौडेललाई दिएको लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलले जानकारी दिए ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार १३:४२   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।