Logo

प्रमुख समाचार

एमालेबाट मात्र नभई सबै पार्टीका तर्फबाट अगाडि आएको छु : सुवासचन्द्र नेम्वाङ



काठमाडाैं । नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङले आफू सबै पार्टीका तर्फबाट अगाडि आएको जिकिर गरेका छन् । उम्मेदवारी मनाेनयनपछि नउले भने, “म एमालेकाे तर्फबाट मात्र नभई सबै पार्टीका तर्फबाट अगाडि आएको छु । जनताको हित र राष्ट्रको हितका लागि काम गर्नेछु ।”

नेम्वाङले प्रतिस्पर्धाका आधारमा आउने परिणामलाई स्वीकार गर्ने उल्लेख गर्दै आफूहरूले स्थापित गरेको प्रणालीअनुसार नै प्रतिस्पर्धा हुन लागेको बताए । प्रतिस्पर्धामा आउने अन्य उम्मेदवारलाई उनले ‘स्वागत छ’ भने ।

निर्वाचनमा प्रतिस्पर्धाका लागि स्वस्थ्य आधार र वातावरण तयार गर्ने उgले प्रतिबद्धता पनि जनाए ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार १६:००   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।